हेटौंडा अस्पताललाई अनेमसंघ मकवानपुरद्वारा अक्सिजन सिलिण्डर सहयोग
जेठ १०, हेटौंडा । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) मकवानपुरले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान,हेटौंडा अस्पताललाई ५० थान अक्सिजन सहितको सिलिण्डर हस्तान्त्रण गरेको छ ।
आज नेकपा एमाले मकवानपुरकी नेत्री एवम् बागमती प्रदेश सभा सदस्य जुनेली श्रेष्ठले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार एवम् हेटौंडा अस्पताल सञ्चालन, ब्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाई लाई हस्तान्त्ररण गरेकी हुन् ।
अस्पतालमा उपचारत कोरोना भाइरस (कोभिड-१९) संक्रमितको उपचारमा अक्सिजनको कमी नहोस् भन्ने उदेश्यले अक्सिजन सिलिण्डर सहयोग गरिएको अनेमसंघ मकवानपुरकी अध्यक्ष सुमित्रा काफ्लेको भनाई छ ।
अक्सिजन सिलिन्डर हस्तान्त्रण कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ,अनेमसंघ संघ हेटौंडा नगर अध्यक्ष रञ्जिता सिलवाल,भुमि सम्बन्धी समस्या समाधान आयोगकी सदस्य प्रतिमा श्रेष्ठ,लगाएत स्वास्थ्यकर्मीहरुको उपस्थित रहेको थियो ।
























