मकवानपुरमा मल नपाउँदा किसानहरु परे समस्यामा

जेठ ११, हेटौंडा । मकवानपुरका दश वटै स्थानीय तहका किसान मल नपाउँदा समस्यामा परेका छन् । बारी र खेतमा लगाएको मकै, चैते धानमा समेत मल हाल्न नपाउँदा समस्या बेहोर्नुपरेको वताएका छन् ।

बिशेषगरी मकवानपुरगढी, हेटौंडा उपमहानगरपालिका, मनहरी गाउँपालिका, थाहा नगरपालिका, बकैया गाउँपालिका लगाएतका क्षेत्रका किसानहरु समस्यामा परेका हुन् ।

यो सिजनमा समेत मल नपाउँदा समस्या भएको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ का किसान शम्भुप्रसाद हुमागाई वताउनुहुन्छ । निषेधाज्ञाका कारण रासायनिक मल वितरण हुन नसक्दा किसानहरू चिन्तित बनेका छन्।

विगतका वर्षहरूमा किसानहरूले मलको अभाव झेल्दै आएका थिए। तर अहिले जिल्लामा मल उपलब्ध भए पनि निषेधाज्ञाका कारण वितरण हुन सकेको छैन।

मल पाउन हुन नसक्दा धानको बीउ राखेका किसानहरू थप मर्कामा परेका छन्। अहिले जिल्लाका सबैजसो किसानहरूले धानको बीउ राखिसकेका छन्।

समयमा मल नपाउँदा उत्पादनमा समेत कमी आउने भन्दै किसानहरू चिन्तित छन्। ‘पटकपटक मलका लागि पालिका र सहकारी संस्थामा गएपनि मल पाउनका लागि समस्या भएको किसानहरुले गुनासो गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*