बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक

जेठ १२, काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक जारी छ ।

पूर्वपदाधिकारीसहित बसिरहेको बैठकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रम र थप कदमबारे छलफल भइरहेको देउवाका स्वकीय सचिव भानु देउवाले जनाए ।

बैकल्पिक सरकार बन्ने अवस्था हुँदा हुँदै राष्ट्रपतिले मुलुकलाई चुनावमा पुर्‍याएको भन्दै विपक्षी दलहरूसँग मिलेर कांग्रेस कानूनी र राजनीतिक प्रतिवादमा उत्रिएको छ ।

गठबन्धनमा रहेका पाँच दलको १४६ सांसदको समर्थनमा देउवाले आफूलाई प्रधानमन्त्रीको दाबी गर्दै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*