मदन भण्डारी स्पोर्टस् एकेडेमी मकवानपुरद्वारा हेटौंडा अस्पताललाई ५० थान अक्सिजन सिलिण्डर हस्तान्तरण
जेठ १३, हेटौंडा । जिल्लामा खेलकुद लगाएत अन्य सामाजिक सेवा कार्यमा अग्रसर मदन भण्डारी स्पोर्टस् एकेडेमी मकवानपुरले (कोभिड–१९) विरुद्ध सहयोग अभियान सुरु गरको छ । जिल्लामा कोरोना संक्रमणको बढेको र संक्रमणको जोखिम समेत रहेको भन्दै एकेडेमीले कोरोना विरुद्ध सहयोग अभियान सुरु गरेको मदन भण्डारी स्पोर्टस् एकेडेमी मकवानपुरले जनाएको छ ।
एकेडेमीले आज जिल्ला खेलकुद विकास समिति मकवानपुर संगको संयुक्त आयोजनामा सहयोग अभियान अन्तर्गत बागमती प्रदेशको राजधानी हेटौंडा स्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिस्ठान,हेटौंडा अस्पताललाई ५० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज रामेश्वर रानाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिस्ठान,हेटौंडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईलाई उक्त ५० थान सिलिण्डर हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य रानाले कोरोना विरुद्धको अभियानमा सबै मिलेर अघि बढ्नुको विकल्प नभएको बताए । केन्द्रीय सदस्य रानाले स्वास्थ्य मापदण्डको पालना गर्दै सहयोग अभियान कार्यमा सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने बताए । उनले मदन भण्डारी स्पोर्टस् एकेडेमी र खेलकुद विकास समिति मकवानपुरले सुरु गरेको सहयोग अभियानलाई धन्यवान समेत दिए ।
एकेडेमीले जिल्ला खेलकुद विकास समिति मकवानपुर संगको संयुक्त आयोजनामा ५० थान अक्सिजन सिलिण्डर सहयोग गरेको एकेडेमीका कोषाध्यक्ष मनोज चौलागाईले बताए । कोरोना संक्रमितको बिरामीको उपचारको लागि अक्सिजन अत्यावश्यक रहेको भन्दै जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामाले एकेडेमीसंगको संयुक्त आयोजनामा ५० थान सिलिण्डर संयुक्त आयोजनामा सहयोग गरिएको बताए ।
अध्यक्ष लामाले एकेडेमीसंग सहकार्य गर्दै जिल्लामा कोरोना विरुद्धको सहयोग अभियानमा अघि बढ्ने बताए । उनले जिल्लाका आइसोलेसन,प्रहरी कार्यलय,स्वास्थ्य संस्थाहरु लगाएत सामाजिक संघसंस्थाहरुमा मास्क,सेनिटाइजर लगाएत अन्य स्वास्थ्य सामग्रीहरु सहयोग गरिदैँ आएको र आउँदो दिनमा पनि सहयोग कार्य जारी रहने बताए ।
हस्तान्तरण कार्यक्रममा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ,सचिव लाल बहादुर थापा,जिल्ला सदस्य रमिला घलान,सचिवालय सदस्य एवम् मदन भण्डारी स्पोर्टस् एकेडेमीका केन्द्रीय सदस्य नवीन सिग्देल,एकेडेमीका जिल्ला अध्यक्ष प्रकाश सुवेदी,उपाध्यक्ष बिक्रम लामिछाने,सचिव सुरेश बेरोजगार,सल्लहाकार सुनिल लोप्चन अनेम संघ मकवानपुरकी अध्यक्ष सुमित्रा काफ्ले,मकवानपुर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख यम सिलवाल लगाएत मदन भण्डारी स्पोर्टस् एकेडेमीका जिल्ला तथा नगर कमिटिका पदाधिकारीको उपस्थिति रहेको थियो ।
























