कोरोनाको कारण मनहरीका एक संक्रमितको मृत्यु

जेठ १३, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा कोरोना भाइरस संक्रमित एक महिलोको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नंबर ७ की ५० वर्षीया महिला रहेको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो । केहि दिन स्वास्थ्यमा समस्या भएर उपचारको लागि चितवन गएकी उनमा बुधबार जेठ १२ गते कोरोना पुष्टि भएको अध्यक्ष उप्रेती भन्नुभयो–‘हिजो नै अस्पतालले रिफर गरेर घर पठाएछ ।

अक्सिजन समेत आवश्यक पर्ने भएपछि हामीले राति नै गाउँपालिकाको आइसोलेसन ल्याएर राखेका थियौ तर बिहान ५ बजे दुःखद निधन भयो ।’ मृतक महिला विगत २ वर्ष देखि घाँटी टन्सिल रोगबाट पीडित हुनुहुन्थ्यो। यो संगै मनहरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*