प्रधानमन्त्री र राष्ट्रपतिले निर्लज्ज खेल खेले – वरिष्ठ अधिवक्ता थापा

काठमाडौं, जेठ १३ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले किचेनमा बसेर हरहिसाब गरी गरी निर्लज्ज खेल खेलेको वरिष्ठ अधिवक्ता शम्भु थापाले आरोप लगाउनुभएको छ ।

प्रधानमन्त्री ओलीले गराएको प्रतिनिधि सभा विघटनबारे सभामुख अग्नि सापकोटाले कानुनविदहरुसँग गरेको छलफलमा थापाले संविधानसभाले बनाएको संविधान कहिले नमर्ने भन्दै प्रधानमन्त्री र राष्ट्रपतिले चाहेर हत्या गर्न नसक्ने जिकीर गर्नुभयो ।

उहाँले संविधानको संशोधन हुनसक्ने भन्दै भन्नुभयो, ‘संसद प्रधानमन्त्री र राष्ट्रपतिले मार्ने व्यवस्था छैन । हामी कानुन मान्ने छौं । कानुन नमान्ने सरकारमा छन् । किचेनमा प्रधानमन्त्री र राष्ट्रपति बसेर हरहिसाब गरेर खेल खेल्नुभएको छ । यो निर्लज्ज छ ।’

प्रधानमन्त्रीले कुनै हालतमा पनि सरकार छाड्दिँन भनेको भन्दै उहाँले थप्नुभयो, ‘कुनै पनि हालतमा सरकार छोड्दिन भन्नुभएको छ । अदालतमा गएका छौं । धेरै लामो समयसम्म जोड घटाउ गरेर यो निर्णय लिएका छन् ।’

राष्ट्रपतिको निर्णयप्रति आपत्ति जनाउँदै उहाँले भन्नुभयो, ‘राष्ट्रपतिकहाँ कागज पुगेपछि अर्को सृष्टि गर्ने अधिकार राष्ट्रपतिलाई कहाँबाट आयो ?’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*