आज मकवानपुरमा २२० जनाले जिते कोरोना
जेठ १४, हेटौंडा । मकवानपुरमा कोरोना भाइरस संक्रमण जित्नेको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा थप २ सय २० जनाले कोरोना जितेका छन् ।
होम आइसोलेसनबाट २ सय १२ जना र आइसालेसनबाट ८ जना गरि थप २ सय २० जनाले कोरोना जितेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । आज कोरोना जित्नेमा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिका भित्रका १ सय ७६ जना रहेका छन् ।
यसैगरि मनहरी गाउँपालिका भित्रका १६ जना,थाहा नगरपालिका भित्रका १३ जना,भीमफेदी गाउँपालिका भित्रका ५ जना,मकवानपुरगढी गाउँपालिका भित्रका ४ जना,बकैया गाउँपालिका भित्रका ३ जना,ईन्द्रसरोबर गाउँपालिका भित्रका २ जना र बागमती गाउँपालिका भित्रका एक जना रहेका छन् ।
यो संगै मकवानपुरमा कोरोना जित्नेको संख्या ५ हजार ८ सय ९३ जना पुगेको छ । मकवानपुरमा हालसम्म कोरोना पुष्टि भएका ८ हजार ४ सय १५ जनामा हाल २ हजार ४ सय ३५ जना सक्रिय संक्रमित रहेका छन् । मकवानपुरमा कोरोनाको कारण हालसम्म ८५ जनाको ज्यान गएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
























