खोपको दोस्रो मात्रा जसरी पनि व्यवस्था गर्ने प्रधानमन्त्री ओलीको भनाई
१४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो डोज खोप लगाएका नागरिकलाई दोस्रो डोज जसरी पनि व्यवस्था गर्ने बताएका छन् ।
शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै उनले पहिलो मात्रा खोप लगाएका ज्येष्ठ नागरिकलाई जसरी पनि खोप व्यवस्था गर्ने बताएका हुन् ।
उनले सबै वयस्क नागरिकलाई खोप व्यवस्था गर्ने पनि बताए ।नेपालमा अनुदानमा ३२ लाख २८ हजार डोज र खरिद गरेर १० लाख डोज खोप ल्याइएको उनले बताए ।
























