गणतन्त्रप्रति नै अनास्था जगाउने काम भयो – डा. भट्टराई

जेठ १५, काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले देशको नेतृत्व गणतन्त्र विरोधीको हातमा पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।उनले जनताको हातमा आएको सार्वभौमसत्ताको रक्षा गर्न सबैलाई आह्वान गरे ।

गणतन्त्र दिवसको अवसरमा शनिबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै भट्टराईले जनताको बलिदानी र संघर्षबाट प्राप्त ऐतिहासिक उपलब्धिलाई रक्षा गर्नुपर्ने बताएका हुन्।

उनले भनेका छन्, ‘गणतन्त्रबिरोधी बयलगाडेहरूको हातमा देशको नेतृत्व पुगेकाले अहिले गणतन्त्रप्रति नै अनास्था जगाउने जुन काम भैरहेको छ त्यसलाई परास्त गर्दै जनताको हातमा आएको सार्वभौमसत्ताको रक्षा गरौँ !’

भट्टराईले गणतन्त्रप्रति अनास्था जगाउने विरोधीहरुलाई पराजित गर्दै जनताको हातमा आएको सार्वभौमसत्ताको रक्षा गर्नका लागि आह्वान गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*