हेटौडा अस्पतालमा गणतन्त्र दिवस को अवसरमा फलफुल वितरण
जेठ १५, हेटौंडा । जेसीआई हेटौडा लेडीको आयोजनामा गणतन्त्र दिवसको अवसरमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौडा अस्पताल मा उपचाररत बिरामी र स्वास्थ्यकर्मीको लागि फलफुल र जुस वितरण गरिएको छ ।
दिवसका अवसरमा बिभीन्न फलफूलहरु वितरण गरिएको हो । कार्यक्रममा जेसीआई हेटौडा लेडीको अध्यक्ष प्रतिमा श्रेष्ठ पूर्व अध्यक्ष जेसी रश्मि बस्नेत, जेसिज सदस्यहरु, प्रतिस्ठानका सदस्यहरु उत्सव चौलागाई, हिरा वाइवा, सुपेन्द्र कार्कीको उपस्थिति रहेको थियो ।
बिभीन्न व्यक्तित्वहरुले हस्तान्तरण गरेको फलफूल वितरण गरिएको हो ।
























