आजबाट बागमती प्रदेशसभाको ८औं अधिवेशन

जेठ १६, हेटौंडा । बागमती प्रदेशसभाको ८औं अधिवेशन बैठक आज बस्दै छ ।

बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले प्रदेशसभाको ८ औं अधिवेशन बैठक आह्वान गरे सँगै आज दिउँसो ३ बजे बैठक बस्दै छ ।

प्रदेश प्रमुख प्रसाईँले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम जेठ १६ गते दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका थिए ।

मुख्यमन्त्री डोरमणि पौडेलको सिफारिसमा प्रदेशको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेका विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*