बूढानीलकण्ठमा विपक्षी गठबन्धनको बैठक

जेठ १६, काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा विपक्षी गठबन्धनको बैठक अहिले बसिरहेको छ।

बिहान सवा ९ बजेदेखि विपक्षी गठबन्धनका नेताहरु छलफलमा जुटेका हुन्। बैठकमा नेपाली कांग्रेसका तर्फबाट सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्की सहभागी छन्।

यस्तै नेकपा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेताहरु कृष्णबहादुर महरा र देव गुरुङ सहभागी छन्।

बैठकमा एमालेबाट निष्कासित वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावल सहभागी छन् । यस्तै जसपा अध्यक्ष उपेन्द्र यादव पनि बैठकमा सहभागी रहेको श्रोतले जनाएको छ।

संसद विघटन बदर गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा रिट हालेको विपक्षी गठबन्धनका नेताहरु निरन्तर संवादमा छन्। यी रिटहरुबारे सर्वोच्च अदातको संवैधानिक इजलासमा आज पनि सुनुवाइ हुने छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*