एमाले स्थायी कमिटी बैठक स्थगित
हेटौडा,जेठ १६- प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको व्यस्ततापछि स्थायी कमिटी बैठक स्थगित भएको छ।
आज अपरान्ह ५ बजे बालुवाटारमा बोलाइएको बैठक सोमबार बिहान १० बजेसम्मका लागि स्थगित गरिएको स्थायी कमिटी सदस्य मणि थापाले सेतोपाटीलाई बताए।
उनकाअनुसार प्रधानमन्त्री ओलीको व्यस्तताका कारण बैठक स्थगित गरिएको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका नेता माधवकुमार नेपाल पक्षका १२ जनालाई एमालेले स्पष्टीकरण सोधेको थियो।
यसअघि बसेको स्थायी कमिटी बैठकले नेता नेपाल र झलनाथ खनाललगायतलाई पार्टीबाट निस्कासन गरेको थियो। यिनै समसामयिक विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको थियो।
























