हेटौँडामा पछिल्लो २४ घण्टामा ४ संक्रमीतको मृत्यु
जेठ १७, हेटौँडा- मकवानपुरको हेटौँडामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण ४ जनाको मृत्यु भएको छ ।
मदन भण्डारी स्वासथ्य विज्ञान प्रतिष्ठान अन्र्तगत हेटौँडा अस्पतालको आईसियु वार्डमा उपचाररत ३ जनाको तथा हेटौँडा उपमहानगरपालिका वडा नंबर ११ मा आफ्नै घरमा बसेका एकजना संक्रमितको मृत्यु भएको हो ।
अस्पतालको कोभिड वाडमा मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका वडा नंबर ३ की ५४ वर्षकी महिला, हेटौँडा उपमहानगरपालिका वडा नंबर ११ का ६० वर्षकी महिला र हेटौँडामा उपचाररत सर्लाहिका ९२ वर्षका पुरुष रहेका छन् । त्यसैगरी आजै हेटौँडा ११ मा आफ्नै घरमा बसेकी ३६ वर्षकी संक्रमित महिलाको पनि मृत्यु भएको छ ।
























