कांग्रेसका नेता ईन्द्रबहादुर बानियाँद्वारा खाद्यान्न सहयोग
जेठ १७, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका पार्टी सभापति ईन्द्रबहादुर बानियाँले ज्याला मजदुरी गर्ने र घरेलु हिंसाबाट प्रभावित १५ जना महिलाहरुलाई खाद्यान्न सहयोग गरेका छन् ।
माईती नेपाल हेटौंडाको संयोजनमा नेता बानियाँले सोमबार कोरोना महामारीको मारका कारण ज्याला मजदुरी गर्न नपाएका र घरेलु हिंसाबाट प्रभावित १५ जना महिलाहरुलाई खाद्यान्न सहयोग गरेका हुन् ।
नेता बानियाँले ज्याला मजदुरी गर्ने र घरेलु हिंसाबाट प्रभावित १५ जना महिलाहरुलाई चामल २५ किलो, तेल २ लिटर, नुन दुई प्याकेट, दाल ३ किलो, चना २ किलो, चिउरा ५ किलो, चिनी ३ किलो, चियापती एक प्याकेट, मस्यौरा दुई प्याकेटलगायतका खाद्य सामाग्री सहयोग गरेका हुन् ।
खाद्य सामाग्री हस्तान्तरण गर्दै नेता बानियाँले कोरोना महामारीको विषम परिस्थितिमा श्रम गरेर खाने महिलाहरुलाई परेको असरलाई थोरै भएपनि राहत होस् भनेर माईती नेपाल मकवानपुरकी कार्यक्रम संयोजक माया लामाको समन्वयमा सहयोग गरेको बताउँदै आगामी दिनमा यसरी ज्याला मजदुरी गर्ने र घरेलु हिंसाबाट प्रभावित महिलाहरुलाई रोजगारीको लागि विशेष पहल गर्ने बताए ।
कार्यक्रममा माईती नेपालकी कार्यक्रम संयोजक लामा, फिल्ड सुपरभाइजर मन लामा, महिला मुक्ति मञ्च मकवानपुरकी अध्यक्ष उर्मिला लटौलालगायतले नेता बानियाँलाई सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्दै मकवानपुरमा ज्याला मजदुरी गर्ने र घरेलु हिंसाबाट प्रभावित महिलाहरुको अवस्था बारे जानकारी गराएकी थिईन् ।
























