जेठ १७, काठमाडौं – राष्ट्रिय सभामा लुम्बिनी प्रदेशबाट रिक्त एक पदका लागि भएको उपनिर्वाचनमा स्थानीय तह तर्फका तीन मतदाता अनुपस्थित भएका छन्।
सोमबार भएको निर्वाचनमा बाँकेका २ र गुल्मीका एक मतदाता अनुपस्थित भएका हुन्। स्थानीय तहबाट २१७ र प्रदेश सभाबाट ८३ मतदाता रहेकामा २९७ जनाले मतदान गरेका छन्।