कोरोनाको कारण हेटौंडामा थप २ जनाको मृत्यु

जेठ १८, हेटौंडा । मकवानपुरको हेटौंडामा थप २ जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुबै जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । उनिहरुको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुनेमा हेटौंडा-८ की ७५ वर्षीया महिला र हेटौंडा-११ की ७८ वर्षीया महिला रहेका छन् ।

हेटौंडा-११ की वृद्धामा जेठ ३ गते कोरोना पुष्टि भएको र गएराति मृत्यु भएको हो भने हेटौंडा(११ की वृद्धामा जेठ १६ गते कोरोना पुष्टि भएको र आज बिहान ४ बजे मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

यो संगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९४ जना पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*