हेटौंडा अस्पतालमा ५० थान अक्सिजन शिलिण्डर हस्तान्तरण

जेठ १८, हेटौंडा । मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान द्वारा संचालित हेटौंडा अस्पतालमा अक्सिजन सिलीण्डर सहित बिभीन्न सामाग्री हस्तान्तरण गरिएको छ ।

टोल बिकास संस्था वडा समन्वय समिति र नेपाल रेडक्रस सोसाइटी हेटौंडा–५ उपसाखाको आयोजनामा आज अस्पतालमा ५० थान अक्सिजन सिलीण्डर बितरण गरिएको छ । कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकाललाल श्रेष्ठले अस्पताल बिकमास समितिका अध्यक्ष राजेश प्रसाईलाई शिलीण्डर हस्तान्तरण गर्नुभयो । अस्पतालको सहयोगका लागि दुइ साता देखि निरन्तर लागिपरेको अध्यक्ष श्रेष्ठले वताउनुभयो ।

यसैगरी मकवानपुर होटल एसोशीएसनले आज अक्सिजन सिलीण्डर सहित बिभीन्न सामाग्री हस्तान्तरण गरेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे मार्फत ५० थान अक्सिजन शिलीण्डर, ५० काटुन पानी, ५ कार्टुन बिस्कुट र १० काटुन जुस बितरण गरिएको हो ।

होटल एशोसीएसनका अध्यक्ष शंकरलाल श्रेष्ठ र प्रजिअ पाण्डेले अस्पताल बिकास समितिका अध्यक्ष राजेश प्रसाईलाई हस्तान्तरण गरेका हुन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*