मकवानपुरमा थप १४४ जनामा कोरोना पुष्टि
जेठ १८, हेटौंंडा । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप १ सय ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ सय ४३ जनामा गरिएको पिसिआर र एन्टीजेन परीक्षणमा थप १ सय ४४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
पुष्टि हुनेहरुमा हेटौंडा उपमहानगरपालिका भित्रका ४८ जना,राक्सिराङ गाउँपालिका भित्रका का २६ जना,मनहरी गाउँपालिका भित्रका २५,थाहा नगरपालिका भित्रका २३ जना,बकैया गाउँपालिका भित्रका १६ जना,भीमफेदी गाउँपालिका भित्रका ४ जना,मकवानपुरगढी र बागमती गाउँपालिका भित्रका १र१ जना रहेका छन् ।
यो संगै मकवानपुरमा हालसम्म कोरोना पुष्टि हुनेहरुको संख्या ८ हजार ७ सय ८९ पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
























