हेटौंडाका ग्रामिण क्षेत्रमा संक्रमीत बढ्दै, २५ जनामा गरिएको परिक्षणमा १७ जनामा कोरोना
जेठ १९, हेटौंडा । हेटौँडा उपमहानगरपालिकामा सहरी क्षेत्र सँगै ग्रामिणइलाकामा पनि कारोना संक्रमण फैलिएको छ।
हेटौँडा उपमहानगरपालिका वडा नम्वर १ को नकौँलीमा गरिएको परिक्षणमा ६८ प्रतिशतमा कोरोना देखीएको छ। नकौलीका २ स्थानमा गरिएको परिक्षणमा स्थानियमा संक्रमण देखिएको हो ।
स्थानियमा कोरोनाको लक्षण देखिएको खबर आएपछि हेटौडा उपमहानगरपालिका उपप्रमुख मिनालामा,वडाका जनप्रतिनिधी, सहित स्वास्थ्यकर्मीको टोली सोक्षेत्रमा पुगेको थियो ।
नकौलीको २ स्थानमा २५ जनाको स्वाव परिक्षण गरिएको मा १७ जनामा कोरोना पुष्टि भएको हेटौडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चाँैलागाईले जनाकारी दिनुभएको छ।
उपमेयर लामाले संक्रमितहरुको लागी औँषधी र स्थानियलाई मास्क पनि वितरण गर्नुभएको थियो । कोरोनाको संक्रमण बाट बच्नु आजको अवस्यकता भएको भन्दै उपमेयर मिना कुमारी लामाले स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्न र कुनै समस्या देखिएमा आफुहरुलाई सम्पर्क गर्न आग्रह गर्नुभयो ।
ग्रामिण क्षेत्रका स्थानियहरुले हेटौँडा सम्म परिक्षण गर्न नआउने र घरमै बस्दा अन्यमा पनि संक्रमण फैलनसक्ने जोखिम रहने भएकाले रोग पहिचानको लागी सोक्षत्रमै पुगेर परिक्षण गरिएको उहाँले बताउनु भयो ।
























