९६ करोड लागतमा हेटौंडामा बहुद्देश्यीय भवन निर्माणको तयारी
जेठ १९, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ मा हुप्राचौरमा निर्माण गर्न लागिएको बहुद्देश्यीय भवन निर्माण गर्नका लागि टेण्डर प्रकृया अगाडी बढाउने भएको छ । बहुद्देश्यीय भवन निर्माणका लागि तयारी अन्तिम चरणमा पुगेको उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाईले वताउनुभयो । उपमहाँनगरपालिकाका मेयर हरि बहादुर महतको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले यो निर्णय गरेको हो ।
हेटौडा उपमहानगरपालिका वडा नम्बर–४ स्थित हुप्राचौरको कित्ता नम्बर ३४९६ को ज.वि. ८-१२-८ मध्येको दक्षिणपूर्व तर्फबाट हेटौडा उपमहानगरपालिकाद्वारा बासुदेव सभागृह निर्माण गरिएकोमा हाल उक्त सभागृह सञ्चालन नभएकोले उक्त सभागृहले चर्चेको जग्गामा बहुउपयोगि भवन निर्माण गर्न लागिएको उहाँले वताउनुभयो ।
हेटौंडा नगर विकास समितिको मिति २०७८ जेठ २ गतेको निर्णयानुसार उपमहानगरपालिकालाई उपलब्ध गराएको हुँदा सो जग्गामा हेटौडा उपमहानगरपालिकाले अत्याधुनिक बहुद्देश्यीय भवन निर्माण गर्नका लागि काम अन्तिम चरणमा पुगेको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले वताउनुभयो ।
कुल ९६ करोड ३५ लाख ४४ हजार रुपैयाँ बराबरको लागत अनुमान स्वीकृत गर्ने कार्यापालिका बैठकले निर्णय गरेको चौलागाईले वताउनुभयो । यो परियोजनालाई बहुबर्षीय परियोजनाको रुपमा कार्यान्वयन गर्न नगर सभाबाट वार्षिक रुपमा बजेट विनियोजन गर्ने निर्णय समेत गरिएको छ । यस परियोजनालाई नगर गौरबको आयोजनाको रुपमा कार्यान्वयन गर्न टेण्डर प्रक्रिया अगाडि बढाउने तयारी थालिएको छ ।
हेटौडा उपमहानगरपालिका वडा नंम्बर ४ स्थित हुप्राचौरको बासुदेव सभागृह निर्माण गरेको तर उक्त सभागृह पूर्ण रुपमा निर्माण सम्पन्न भई सञ्चालनमा आउन नसकेकोले उक्त स्थानमा अत्याधुनिक ब्यापारिक भवन निर्माण गर्ने प्रयोजनको लागि हालको सभागृहको संरचना भत्काउने र निर्माण थालिने भएको छ ।
उपमहानगरपालिकाको कार्यालय परिषरमा एउटा नगर घण्टा थापना गर्ने
यसैगरी उपमहानगरपालिकाको कार्यालय परिषरमा एउटा नगर घण्टा थापना गर्ने कार्यपालिका बैठकले निर्णय गरिएको छ । यसलाई नगरबासीहरुको चेतना र समृद्धिको सन्देश सूचक÷प्रतिकको रुपमा प्रयोगमा ल्याउने तयारी भएको चौलागाईले वताउनुभयो ।
घण्टा जडान गर्न आवश्यक पर्ने रकम जुटाउने प्रयोजनको लागि नगरप्रमुख, उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृतको ७ दिन बराबरको र अन्य वडाध्यक्षहरुको ५ दिन बराबरको पारिश्रमिक / सुविधा कटौती गर्ने बैठकले निर्णय गरेको छ । यसमा योगदान गर्न चाहाने कर्मचारीहरुले ऐच्छिक रुपमा सहयोग गर्न सक्ने र नगर घण्टा स्थापना गर्न अपुग हुने रकम उपमहानगरपालिकाले ब्यहोर्ने भएको छ । आवश्यक लागत अनुमान तयार गरी निर्माण प्रक्रिया शुरु गर्ने तयारी थालिएको छ ।
उपमहानगरपालिका कार्यालय परिसर, वडा कार्यालय र नगरका अन्य स्थानमा रहेका राष्ट्रिय झण्डाहरुको समूचित एवं सम्मानजनक ब्यवस्थापनको जिम्मा नगर प्रहरीलाई तोक्ने बैठकले निर्णय गरेको छ । राष्ट्रिय झण्डा नराखेका वडा कार्यालयहरुलाई तत्काल राख्न निर्देशन दिने निर्णय समेत गरिएको छ ।
उपमहानगरकार्यालय परिषरमा रहेको राष्ट्रिय झण्डाको सूर्योदय र सूर्यास्त संगै सरकारी शिष्टाचार सहित फ्लेगपोलमा चढाउने र झिक्ने कामको जिम्मेवारी नगर प्रहरी प्रमुखले मिलाउने निर्णय गरिएको छ ।
हुप्राचौरमा राष्ट्रिय झण्डा फहराउने
हेटौडाको हुप्राचौरको मुख्य द्धार तर्फको भागमा एक आकर्षक फाउन्डेसन बनाई १६ मिटर अग्लो फ्लेग पोल खडा गरी राष्ट्रिय झण्डा फहराउने गरी तयारी थालिएको छ । उक्त झण्डालाई नगरझण्डा सीटी फ्लग नामाकरण गर्ने र प्रत्येक नव निर्वाचित नगरप्रमुखले यस झण्डाको झण्डोत्तोलन गरेपश्चात पदभार ग्रहण गर्ने परम्परा बसाउने नगरकार्यपालिका बैठकले निर्णय गरिएको छ । यसको लागि आवश्यक लागत अनुमान तयार गरी निर्माण प्रक्रिया शुरु गर्ने ।
























