मकवानपुरमा थप २ संक्रमितको मृत्यु
जेठ १९, हेटौंडा । मकवानपुरमा थप २ जना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुने दुबै जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । उनिहरुको हेटौंडा अस्पतालको कोभिड कक्षमा उपचारको क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा हेटौंडा- २ की ५२ वर्षीया महिलाको आज बिहान ६ बजे र हेटौंडा(१६ की ६८ वर्षीया महिलको मंगलबार दिउँसो मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
यो संगै मकवानपुरमा हालसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या ९६ पुगेको छ ।
























