मकवानपुरमा कोरोना जित्नेको संख्या बढ्दै, आज थप १ सय ८५ जनाले जिते कोरोना

जेठ १९, हेटौंडा । मकवानपुरमा कोरोना संक्रमण जित्ने संक्रमितको संख्या बढ्दै गएको छ ।

जिल्लामा पछिल्लो २४ घण्टामा थप १ सय ८५ जना संक्रमितले कोरोना जितेका छन् । आज कोरोना जित्नेमा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिका भित्रका १ सय ३८ जना रहेका छन् ।

यसैगरि थाहा नगरपालिका भित्रका १६ जना,मनहरी गाउापालिका भित्रका १२ जना,मकवानपुरगढी र भीमफेदी गाउँपालिका भित्रका ७ ७ जना,बकैया र बागमती गाउँपालिका भित्रका २ २ जना र राक्सिराङ गाउँपालिका भित्रका १ जना रहेका छन् ।

यो संगै मकवानपुरमा कोरोना जित्नेको संख्या ६ हजार ६ सय ४५ पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*