एमाले स्थायी कमिटी बैठक फेरि स्थगित

जेठ १९, काठमाडौं– फुटको विन्दूमा पुगेको सत्तारुढ नेकपा एमालेमा पछिल्ला केही दिनयता ‘एकता बचाउन’ भन्दै भइरहेका प्रयासलाई मध्यनजर गरेर बुधबार अपराह्न बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको छ।

एमाले एकता जोगाउने भन्दै दोस्रो तहका नेताहरुबीच तीब्र छलफल चलिरहेको छ। एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले भने बैठकको तयारीका लागि केही समय आवश्यक पर्ने भएकाले बिहीबार अपराह्न ४ बजे बस्नेगरी बैठक स्थगित गरिएको बताए।

एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जना सांसदलाई साधारण सदस्यसमेत नरहनेगरी निष्काशन गरेपछि एमाले फुट्ने निश्चित भएको टिकाटिप्पणी भइरहेको थियो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*