मकवानपुरमा बैंक साताको ३ दिन मात्र खुल्ने

१९ जेठ,मकवानपुर । मकवानपुरमा बैंकहरु साताको ३ दिन मात्र खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आज बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमण नियन्त्रण तथा जोखिम न्युनिकरणका लागि सो निर्णय गरेको प्रशासन कार्यालयले जनाएको छ ।

उक्त निर्णय अनुसार निषेधाज्ञाको अवधिमा मकवानपुरमा बैंकबाट प्रदान गरिने सेवाहरू स्वास्थ्यका मापदण्ड अवलम्बन गरी आइतबार, मंगलबार र विहिबार विहान १० बजेदेखि दिउँसो २ बजे सम्म संचालन गर्न दिइने भएको हो । बैंकहरुले भिडभाड नहुने गरी एक चौथाईको उपस्थितीमा बैंकिङ सेवा संचालन गर्न निर्देशन दिइएको छ । त्यस्तै अन्य वित्तिय संस्था, इन्स्योरेन्स कम्पनी, मनी ट्रान्सफर तथा वित्तिय सहकारी संस्थाहरू पूर्णरूपमा बन्द रहने निर्णय भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*