विश्वमा बेरोजगारीको सङ्ख्या २० करोड ५० लाख पुग्ने आइएलओको अनुमान  

काठमाण्डौ, जेठ २० –  अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) ले कोरोना महामारीका कारण विश्वमा बेरोजगारीको सङ्ख्या बढ्ने जनाएको छ । आइएलओले कोरोनाको महामारीका कारण विश्वमा लाखौँले रोजगारी गुमाएको तथा नयाँ रोजगारीका लागि तयार रहेका लाखौँ बेरोजगार भएका उल्लेख गरेको छ ।

यो वर्ष कोरोनाका कारण सात करोड ५० लाख मानिसको रोजगारी गुमेको आइएलओको तथ्याङ्कले जनाएको छ । आइएलओका निर्देशक गाय राइडले अर्को वर्ष अर्थात सन् २०२२ सम्म विश्वमा बेरोजगारीको सङ्ख्या २० करोड ५० लाख पुग्ने अनुमान गरिएको बताउनुभयो । यसले गरिब तथा मध्यम देशमा असमानता बढाउने उहाँले बताउनु भएको छ ।

संयुक्त राष्ट्र सङ्घले कोरोना महामारीका कारण विश्वमा परेको असर पार गर्न लामो समय लाग्ने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*