हेटौंडाको नबलपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

जेठ २०, हेटौंडा । हेटौंडाको नवलपुरमा सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ नवलपुरमा एम्बुलेन्स र ट्रकलाई ठोक्किँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरीनायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । दुर्घटनामा अरु ३ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग सडक खण्ड अन्तर्गतको नवलपुरमा ट्रक र एम्बुलेन्स ठोक्किएर दुर्घटना हुँदा एम्बुलेन्समा सवार एक व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सर्लाहीको बागमती नगरपालिका वडा नम्बर–४ का ६६ वर्षीय जित बहादुर थिङको रहेका छन् ।

भरतपुरबाट कोरोना संक्रमित मृतक थिङको उपचार पछि डिस्चार्ज भइ घर फर्किदै गरेको प्र १ ००५ च ३६३८ नम्बरको एम्बुलेन्सले सोही दिशाबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ४३८० नम्बरको ट्रकसंग ठक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

एम्बुलेन्समा सवार अन्य ३ जना घाइते भएको र उनीहरुको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*