राष्ट्रिय जनमोर्चाले सांसद कृष्ण थापालाई निष्कासन गरेको जानकारी प्रदेशसभालाई गरायो

२० जेठ, पोखरा । राष्ट्रिय जनमोर्चाले प्रदेशसभा सदस्य कृष्ण थापालाई दलबाट निष्कासन गरेको जानकारी प्रदेशसभा सचिवालयमा दिएको छ ।

बिहीबार दिउँसो १२ बजे जनमोर्चाका महासचिव मनोज भट्ट र गण्डकी प्रदेश संसदीय दलकी नेता पियारी थापाले प्रदेश सभा सचिवालयमा थापालाई निष्कासन गरेको जानकारी गराएका हुन् ।

सांसद पदबाट हटाइएको पत्र सचिवालयमा दर्ता भएको सांसद थापालाई पनि जानकारी गराइसकिएको प्रदेशसभाका सचिव हरिराज पोखरेलले जानकारी दिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*