आज पनि  एमाले स्थायी कमिटी बैठक स्थगित

जेठ २०, काठमाडौँ – एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको आफू पक्षीय स्थायी कमिटी बैठक बिहीबार पनि अन्तिम समयमा आएर स्थगित भएको छ।

ओलीले बुधबार दिउँसो चार बजे तोकेको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो।पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए।

यता नेपाल पक्षको केन्द्रीय कमिटी बैठक जारी छ। ओली पक्षले यो बैठक अनधिकृत व्यक्तिले बोलाएकाले बैठकमा सामेल नहुन केन्द्रीय कमिटी सदस्यहरुलाई बिहीबार बिहान निर्देशन दिएको थियो।

उक्त निर्देशनका बाबजुत नेपाल पक्षको बैठक जारी छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*