हेटौँडा अस्पतालबाट हालसम्म १ सय ५९ जनाले जिते कोरोना
जेठ २०, हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगत हेटौँडा अस्पतालमा उपचाररत अत्यान्तै जटिल अवस्थाका १ सय ५९ जनाले कोरोना संक्रमणलाई परास्त गरेका छन् ।
अस्पताल प्रशासनले दिएको जानकारी अनुसार हालसम्म अस्पतालबाट १ सय ५९ जनाले कोरोनालाई परास्त गर्दै डिस्चार्ज भएका छन् ।
हेटौँडा अस्पतालमा उपचारको लागि आएका ६६ जनाको दोश्रो संक्रमणको अवधिमा मृत्यु भएको र १४ जनालाई अन्यत्र अस्पतालमा रिफर गरिएको हेटौँडा अस्पतालका कोभिड–१९ इन्चार्ज डाक्टर सागर काफ्लेले बताए ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाई भन्छन् ‘हाम्रोमा मृत्युदर अन्य अस्पताल भन्दा कम नै छ, यहाँ विरामी अत्यन्तै सिकिस्त भएपछि, अक्सिजनको लेभल निकै कम भएपनि मात्र ल्याउछन, त्यसो हुँदा समस्या पनि भैरहेको छ । ’
अस्पतालले दिनरात विरामीको सेवामा आफुलाई लगाईरहेको भन्दै प्रसाईले हेटौँडा अस्पतालको सबै स्वास्थ्यकर्मीहरुको मेहनतको प्रशंसा समेत गरेका छन् ।
























