पल्पसा आइसोलेशन सेन्टरलाई सहयोगी मन नेपालद्वारा महिनादिनको रासन सहयोग गर्ने

जेठ २०, हेटौंडा । सामजिक क्षेत्रमा निरन्तर मानवीय सेवामा सक्रिय सामाजिक संस्था सहयोगी मन नेपाल,मकवानपुरले पल्पसा आइसोलेशन सेन्टरलाई महिनादिनको रासन सहयोग प्रतिवद्धता गरेको छ ।

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा गठित कोभिड हेल्प डेस्क मकवानपुरले व्यवस्थापन गर्नेगरी पल्पसा सभागृह परिसरमा पल्पसा आइसोलेशन सेन्टर बुधवारदेखि संचालनमा आएसंगै सहयोगी मन नेपाल अध्यक्ष केदार प्रसाद चौलागाईले उक्त आइसोलेशनमा आवश्यक पर्ने सम्पुर्ण खाद्यपदार्थ महिना दिनसम्म पुग्ने सहयोग गरेका हुन् ।आइसोलेशनलाई सहयोग पस्चात चौलागाईले महिना दिनपछि पनि निरन्तर सहयोग गर्ने समेत बताए ।

उनले आफुहरु जिल्लामा निरन्तर मानवीय सेवामा खटिएको बताउँदै निषेधाज्ञाले खाद्यन्नको समस्या परे सहयोगी मनलाई सम्झन सम्पुर्णलाई आग्रह गरेका छन् । समस्यामा परेका सबैलाई सहयोग गर्न आफुहरु तयार रहेको अध्यक्ष चौलागाईको भनाई छ । त्यस्तै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा कोभिड हेल्प डेस्क मकवानपुरका संयोजक कृष्ण कटुवालले यस्तो सहयोगले आफुहरुमा उर्जा थपिने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*