आजबाट मकवानपुरमा बिहान ४ बजेदेखि ९ बजेसम्म खाद्यन्न पसल खुल्ने

जेठ २१, हेटौंडा । बागमती प्रदेशको राजधानी मकवानपुरमा पछिल्लो एक महिना देखि जारी निषेधाज्ञा आजबाट जेठ ३१ सम्म थप भएको छ ।

आजबाट अत्यावश्यक उपभोग्य वस्तु (खाद्यन्न,पानी,दूध,माछा,मासु,अण्डा,फलफूल तथा तरकारी) बिक्री वितरण गर्न बिहान ४ बजेबाट बिहान ९ बजेसम्म खोल्न पाइने भएको छ ।

बैशाख १९ गते बुधबार बसेको जिल्ला प्रशासन कार्यलय मकवानपुरको कोभिड संकट व्यवस्थापनको बैठकले जारी निषेधालाई जेठ ३१ गते सम्म थप गर्ने र खाद्यन्नको पसलहरु बिहान ४ बजेबाट ९ बजेसम्म खोल्न दिने निर्णय गरेको हो ।

बैठकले औषधी र खाद्य वस्तु तोकिएको समयमा खरिद गर्न नजिकका पायक पर्ने स्थानमा जान बाहेक घर बाहिर निस्कन,मर्निङ तथा इभनिङ वाकमा जान र हिडडुुल गर्न नदिने निर्णय यथावत राखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*