भीडभाड गरेर पसल सञ्चालन गरेको भन्दै हेटौंडाको हिरालाल पक्राउ
जेठ २१, हेटौंडा । निषेधाको समयमा पनि भीडभाड गरेर पसल सञ्चालन गरेको भन्दै हेटौंडाको स्कुलरोडका व्यावसायीलाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान उपभोक्ताको भीड गरेर पसल सञ्चालन गरेको भन्दै हेटौंडाका व्यवसायी हिरालाल केशरीलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रशासन कार्यालय नेतृत्वको बजार अनुगमन टोलीलाई अटेर गरेर भीड गर्दै पसल सञ्चालन गरेपछी भीड नगर्नका लागि गरिएको आग्रहलाई अटेर गरेपछी प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराज न्यौपानेको टोलीले भिडभाड नगरी व्यवसाय गर्न दिएको निर्देशनलाई वेवास्ता गरेपछि प्रहरी नायव उपरीक्षक जयश्वर रिमालको टोलीले उनलाई नियन्त्रणमा लिएको छ ।
























