देउवाले अमेरिकी राष्ट्रपतिलाई दिए धन्यवाद

काठमाडौं, जेठ २१ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई कोरोना खोप दिने निर्णय गरेको भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनलाई धन्यवाद दिएका छन्।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले ९आज० शुक्रबार बाइडेनलाई बधाइ दिएका हुन्। ‘यो महत्वपूर्ण सहयोगले नेपाल र अमेरिकाबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास मैले लिएको छु,’ सभापति देउवाले ट्विटरमा उल्लेख गरेका छन्।

अमेरिकाले बिहीबार मात्र नेपाललगायत विश्वका विभिन्न मुलुकलाई खोप वितरण गर्ने घोषणा गरेको छ। सहयोगस्वरूप कति खोप दिने भन्नेचाहिँ खुलाइएको छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*