तराईलाई मरुभूमिकरण गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने थापाको भनाई
जेठ २१, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तपाई–मधेशलाई मरुभूमिकरण गर्ने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटमार्फत उनले वातावरणीय सन्तुलन बिगार्ने तथा तराई÷मधेश र भित्री मधेशलाई मरुभूमिकरण गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने बताएका हुन् ।
थापाले भनेका छन्, ‘थापाले खानीजजन्य ढुंगा, गिट्टी, वालुवा निकासी गरी व्यापार घाटा न्यूनिकरण गरिने छ भन्ने सरकारी नीतिले सर्वत्र आशंका, भ्रम र चिन्ता पैदा भएको छ ।’
यसबारे सरकारले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने बताएका छन् । अध्यादेशमार्फत ल्याइएको बजेटमा चुरेबाट ढुंगा, गिटी तथा बालुवा निकासी गर्ने भन्ने कार्यक्रम समावेश भएसँगै सरकारको चौतर्फी आलोचना भइरहेको छ । फिर्ता लिनका लागि सरोकारवाला सबैले दवाव दिइरहेका छन् ।
























