जेठ २१, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा थप २ जना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा उपचारको क्रममा थप २ संक्रमितको मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ ।
मृत्यु हुनेमा हेटौंडा १३ को ४१ वर्षीय पुरुष र हेटौंडा ४ को ७३ वर्षीय पुरुष रहेको हेटौंडा अस्पतालले जनाएको छ ।