कोरोनाबाट मकवानपुरमा १ सयको मृत्यु
जेठ २१, हेटौंडा । मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय पुगेको छ । पछिल्लो २४ घण्टामा जिल्लामा थप २ जना संक्रमितको मृत्यु भए संगै मृत्यु हुनेको संख्या १ सय पुगेको हो ।
पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा हेटौंडा–१३ को ४१ वर्षीय र हेटौंडा–४ को ७३ वर्षीय पुरुष रहेको छ । दुबै जनाको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ ।
कोरोना भाइरस ९कोभिड–१९० संक्रमणको कारण डेड महिनामा ९४५ दिनमा० दोस्रो चरणको कोरोना संक्रमण ९दोस्रो भेरिन्ट० बाट मकवानपुरमा ६८ जना संक्रमितको मृत्यु भएको छ ।
दोस्रो चरणको कोरोना संक्रमणबाट जिल्ला भित्र बसोबास गर्ने ६८ जनाको मृत्यु भएको हो । गएको बैशाख ८ गते हेटौंडा ४ का ७४ वर्षीय पुरुषको मृत्यु भएको थियो । बैशाख ८ गतेबाट हालसम्म ६८ जनाको मृत्यु भएको हो ।
पहिलो चरणको कोरोना संक्रमणमा मकवानपुरमा ३२ जनाको मृत्यु भएको थियो । पहिलो चरणको कोरोना संक्रमणमा वि।सं २०७७ साल भदौ २ गते राति हेटौंडा १ का ६१ वर्षीय पुरुषको मृत्यु भएको थियो । वृद्धमा मृत्यु पछि कोरोना पुष्टि भएको थियो । पहिलो चरणको संक्रमणमा वि सं २०७७ मंसिर २६ गते सम्म जिल्लामा ३२ जनाको मृत्यु भएको थियो ।
स्वास्थ्य कार्यलय मकवानपुरका अनुसार जिल्लामा कोरोनाबाट सबैभन्दा बढी मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । हालसम्म हेटौंडा भित्रका ७६ जना संक्रमितको मृत्यु भएको छ ।
यसैगरि मृत्यु हुनेहरुमा थाहा नगरपालिका भित्रका ७ जना,मनहरी गाउँपालिका भित्रका ६ जना,भीमफेदी र बकैया गाउँपालिका भित्रका ३/३ जना,मकवानपुरगढी गाउँपालिका भित्रका २ जना र बागमती गाउँपालिका भित्रका १ जना रहेका छन् ।
मकवानपुरको किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्रमा गरिएको स्वाब परीक्षणमा पहिलो पटक वि सं २०७७ जेठ २ गते पर्साका ३७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । वि सं २०७७ जेठ महिनाकै १५ गते केन्द्रमै गरिएको परीक्षणमा मकवानपुरको हेटौंडा ४ की ७१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
मकवानपुरमा हालसम्म ९ हजार १ सय १९ जनामा कोरोना पुष्टि भएकोमा ६ हजार ८ सय ४१ जनाले कोरोना जितिसकेका छन् । जिल्लामा आजको दिनमा २ हजार १ सय ७२ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा २ हजार ५७ जना घरमा र १ सय १५ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।
























