मकवानपुरमा आज थप १ सय ३४ जनाले जिते कोरोना
जेठ २१, हेटौंडा । मकवानपुरमा कोरोना संक्रमण जित्नेको संख्या बढ्दै गएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लामा होमआइसोलेसनबाट १ सय २२ जना र आइसोलेसनबाट १२ जना गरी थप १ सय ३४ जनाले कोरोना जितेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । आज कोरोना जित्नेहरुमा सबैभन्दा बढी ६५ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् ।
यसैगरि कोरोना जित्नेहरुमा थाहा नगरपालिका भित्रका २६ जना,मनहरी गाउँपालिका भित्रका २१ जना,मकवानपुरगढी गाउँपालिका भित्रका १४ जना,भीमफेदी गाउँपालिका भित्रका ४ जना,बकैयाका २ जना,राक्सिराङ र कैलाश गाउँपालिका भित्रका एकएक जना रहेको स्वास्थ्य कार्यलय मकवानपरले जनाएको छ । यो संगै मकवानपुरमा कोरोना जित्नेको संख्या ६ हजार ८ सय ४१ पुगेको छ ।
यसैगरि जिल्लामा पछिल्लो २४ घण्टामा थप ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज २ सय १४ जनामा पिसिआर र एन्टीजेन परीक्षणमा थप ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पुष्टि हुनेहरुमा सबैभन्दा बढी २६ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । यसैगरि पुष्टि हुनेहरुमा मनहरी गाउँपािलका भित्रका २२ जना,थाहा नगरपालिका भित्रका ७ जना,कैलाश गाउँपािलका भित्रका ६ जना,मकवानपुरगढी,भीमफेदी गाउँपालिका भित्रका ५र५ जना,राक्सिराङ,बागमती गाउँपालिका भित्रका २र२ जना रहेका छन् । यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेहरुको संख्या ९ हजार १ सय १९ पुगेको स्वास्थ्य कार्यलय मकवानपपुरले जनाएको छ ।
थप २ जनाको मृत्यु
जिल्लामा पछिल्लो २४ घण्टामा कोरोनाको कारण थप २ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा–१३ को ४१ वर्षीय र हेटौंडा–४ को ७३ वर्षीय पुरुष रहेको छ । दुबै जनाको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ । यो संगै जिल्लामा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय पुगेको छ ।
२,१७२ जना सक्रिय संक्रमित उपचाररत
जिल्लामा आजको दिनमा २ हजार १ सय ७२ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा २ हजार ५७ जना घरमा र १ सय १५ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।
























