खाद्यन्न पसल खुल्ने सँगै हेटौंडा बजारमा अध्याधिक भिडभाड

जेठ २२, हेटौंडा । मकवानपुरमा कोरोना संक्रमण बढ्न नदिन जारी गरिएको तेस्रो पटक थप निषेधाज्ञामा उपभोग्य वस्तु (खाद्यन्न,पानी,दूध,माछा,मासु,अण्डा,फलफूल तथा तरकारी) बिक्री वितरण गर्न अनुमित दिए संगै बिहानभर हेटौंडा बजारमा भिडभाड देखिएको छ ।

जिल्ला प्रशसन कार्यलय मकवानपुरको कोभिड १९ संकट व्यवस्थापनले बजार निषेधाज्ञामा बजार क्षेत्र भिडभाड नहोस् भन्दै उपभोग्य वस्तु बिहान ४ बजे देखि बिहान ९ बजेसम्म बिक्री वितरण गर्न अनुमति दिए पनि बजार क्षेत्रमा भने अध्याधिक भिडभाड देख्न सकिन्छ ।

विशेषगरि हेटौंडाबजारको बुद्धचोक,उद्योग वाणिज्य संघ

क्षेत्र,कान्तिराजपथ,सिमाचोक,शितलमहलचोक,सोनोपोखरा चोक,संगमचोक,स्कुलरोड लगाएत स्थानहरुमा अध्याधिक भिडभाड देखिएको छ । यसैगरि प्रशासनले निषेधाज्ञा पालना गराउन व्यापक प्रहरी परिचालन गरेता पनि बजार क्षेत्रमा निजि सवारी (मोटरसाइकल,अटो,कार,मयुरी) साधनहरुको पनि भिडभाड देख्न सकिन्छ ।

प्रहरीले दैनिक निषेधाज्ञा अवज्ञा गर्ने दर्जन बढी सवारीहरुलाई नियन्त्रणमा लिदै आएको छ । पछिल्लो एक महिना देखि मकवानपुरमा निषेधाज्ञा जारी रहेको छ । बजार क्षेत्रमा भिडभाड बढ् संगै कोरोना संक्रमणको जोखिम पनि बढेको छ । मकवानपुरमा कोरोना संक्रमण हुनेको संख्या घट्दै र संक्रमण निको हुनेको संख्या बढ्दै गएको छ ।

जिल्लामा हालसम्म ९ हजार १ सय १९ जनामा कोरोना पुष्टि हुँदा ६ हजार ८ सय ४१ जना संक्रमण मुक्त अर्थात निको भइसकेका छन् । जिल्लामा हालसम्म कोरोनाको कारण १ सय जनाको मृृत्यु भएको छ । जिल्लामा आजको दिनमा २ हजार ५७ जना सक्रिय संक्रमित घरमा र १ सय १५ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*