कोरोनाको कारण हेटौंडामा आज थप ५ जनाको मृत्यु

जेठ २२, हेटौंडा । हेटौंडामा थप ५ जना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा हेटौंडा अस्पातलमा उपचारत ५ जना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा मकवानपुर भित्रका ३ जना र जिल्ला बाहिरका २ जना रहेको कार्यलयले जनाएको छ ।

मृत्यु हुनेहरुमा जिल्ला भित्रका थाहा-१ का ५५ वर्षीय पुरुष,हेटौंडा-४ का ५६ वर्षीय पुरुष,हेटौंडा-५ की ७२ वर्षीय पुरुष रहेका छन् ।

यसैगरि बाराका ४२ वर्षीय र सिन्धुीका ६६ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । यो संगै मकवानपुरमा मृत्यु हुनेको संख्या १ सय ३ पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*