मकवानपुरमा थप २ सय १० जनाले जिते कोरोना

जेठ २२, हेटौंडा । मकवानपुरमा कारोना संक्रमण पुष्टि हुनेको संख्या भन्दा जित्नेको संख्या बढ्दै गएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा १ सय २८ जनामा कोरोना पुष्टि हुँदा २ सय १० जनाले कोरोना जितेका छन्। ।

पछिल्लो २४ घण्टामा १३० जनाको पिसिआर र ५ सय ३२ जनाको एन्टीजेन परीक्षण गर्दा थप १ सय २८ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या ९ हजार २ सय ४७ जना पुगेका छन् ।

यसैगरि पछिल्लो २४ घण्टामा होम आइसोलेसनबाट २ सय २ जना र आइसोलेसनबाट ८ जना गरेर थप २ सय १० जनाले कोरोना जितेका छन् । यो संगै जिल्लामा कोरोना जित्नेको संख्या ७ हजार ४३ पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

यसैगरि जिल्लामा पछिल्लो २४ घण्टामा थप ५ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा हेटौंडा अस्पातलमा उपचारत ५ जना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा मकवानपुर भित्रका ३ जना र जिल्ला बाहिरका २ जना रहेको कार्यलयले जनाएको छ ।  मृत्यु हुनेहरुमा जिल्ला भित्रका थाहा-१ का ५५ वर्षीय पुरुष,हेटौंडा-४ का ५६ वर्षीय पुरुष,हेटौंडा-५ की ७२ वर्षीय पुरुष रहेका छन् ।

यसैगरि बाराका ४२ वर्षीय र सिन्धुीका ६६ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । यो संगै मकवानपुरमा मृत्यु हुनेको संख्या १ सय ३ पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

जिल्लामा हाल २ हजा ८९ जना सक्रिय संक्रमित उपचारत रहेका छन् । जसमा १ हजार ९७५ जना घरमा र १ सय १४ जना आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*