राष्ट्रिय फार्मेसी संघ बाग्मती प्रदेशमा ढकाल
२३ जेठ,हेटौंडा । राष्ट्रिय फार्मेसी सघं बाग्मती प्रदेशको अध्यक्षमा पुर्व अनेरास्ववियु नेता एवम हेटौडेली फार्मासिष्ट प्रवेश ढकाल सर्वसम्मत निर्वाचित भएका छन । नेकपा एमाले निकट फार्मासिष्टहरुको सङ्गठन राष्ट्रिय फार्मेसी संघको भर्चुल सम्मेलनले हेटौडेली युवा फार्मासिष्ट प्रवेश ढकाललाई अध्यक्षमा चयन गरको हो ।
कार्यक्रम नेकपा एमालेका स्वास्थ्य विभाग प्रमुख एवम पुर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीको प्रमुख आतिथ्यता साथै प्रबेश ढकालको सभापतित्वमा भएको हो । सम्मेलनले उपाध्यक्षमा भक्तपुरका दिनेश वस्नेत, सचिवमा विपि कोईराला क्यान्सर अस्पताल चितवनमा कार्यरत फार्मासिष्ट नमराज अधिकारी, कोषाध्यमा सुस्मिता मरासिनी चयन भएका छन । १३ सदस्यीय नव गठित कार्य समितिको सदस्यमा मकवानपुरका तीर्थमान श्रेष्ठ, भोला पाख्रिन ,चितवनका आशिष श्रेष्ठ, अनुजा खनाल, धादिङका गणेश श्रेष्ठ र बिष्णु दाहाल, काभ्रेका दिवाकर थापा, सिन्धुपाल्चोकका मनिष श्रेष्ठ र विश्वास सापकोटा रहेका छन ।।
कार्यक्रम नेपाल फार्मेसी काउन्सिलका अध्यक्ष तथा राष्ट्रिय फार्मेसी सघंको वरिष्ठ सल्लाहकार प्रज्जवल जङ्ग पाण्डे,केन्द्रीय अध्यक्ष तथा नेपाल फार्मेसी काउन्सिलका सदस्य क्षितिज गड्तौला,काउन्सिल सदस्य तथा गण्डकी प्रदेश अध्यक्ष तथा काउन्सिल सदस्य अमृत थापा , प्रदेश नम्बर १ का संयोजक कृष्ण अधिकारीले सम्वोधन गर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय फार्मेसी सघंका केन्द्रिय सदस्य तथा नेपाल फार्मेसी काउन्सिल सदस्य निरज वर्तौलाले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सहजिकरण दिनेश बस्नेतले गरेका हुन।
























