मकवानपुरमा कोरोनाबाट थप ३ जनाको निधन

जेठ २३, हेटौंडा । मकवानपुरमा कोरोना भाइरस संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ ।

हेटौंडा अस्पतालमा उपचारको क्रममा थप ३ जना संक्रमितको मृत्यु भएको हो । मृत्यु हु्नेमा जिल्ला भित्रका २ जना र एक जना जिल्ला बाहिरका रहेका छन् ।

मृत्यु हुनेहरुमा मकवानपुरगढी-२ का ५० वर्षीय पुरुष,राक्सिराङ-१ का ८२ वर्षीय पुरुष र सलार्हीका ८६ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यलय कार्यलय मकवानपुरले जनाएको छ ।

मकवानपुरगढी र सलार्हीको संक्रमितको शनिबान दिउँसो र राक्सिराङका एक संक्रमितको आज बिहान उपचारको क्रममा मृत्यु भएको हो । यो संगै कोरोनाबाट मकवानपुर भित्रका मृत्यु हुनेको संख्या १ सय ६ जना पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*