मन्त्री महतोको राजिनामा माग्दै मकवानपुर जागरण अभियान

मकवानपुर, २३ जेठ । उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतो आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिएका छन् ।

सपथ लिएर पदभार ग्रहण गर्न मन्त्रालय पुगेका महतोले शुक्रबार बहुल राष्ट्र राज्य स्थापना गर्ने पार्टीको एजेण्डा भएको अभिव्यक्ति दिएपछि उनी राष्ट्र विखण्डन गर्ने दिशामा अघि बढेको भन्दै चौतर्फि आलोचना भईरहेको छ ।

यसैबिच मकवानपुर जागरण अभियानका अध्यक्ष कृष्णराज कोईरालाले एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री महतोको भनाईको विरोध गरेका छन् ।

मकवानपुर जागरण अभियानका अध्यक्षद्वारा हस्ताक्षरित विज्ञप्तिमा अगाडि लेखिएको छ–‘नेपाललाई एकल राज्य मान्न हामी तयार छैनौँ, नेपाल बहुराष्ट्रिय राज्य हो, पहाड र तराई अलग–अलग राज्यहरु हुन्’ भन्ने सुत्र इन्डियाले आफ्ना दुतहरु मार्फत तराईमा नियोजित रुपमा घुसाएर देश टुक्रा–टुक्रा पार्ने हेतु गोप्य रुपमा प्रशिक्षणहरु दिँदै आइरहेको छ ।’

विज्ञप्तिमा बिगत लामो समयदेखि सिके राउत, महन्त ठाकुरहरुले तराईलाई छुट्टै देश बनाउन आफ्नो राजनीतिक दस्ताबेज मै यो मुद्दालाई समेटेको कुरा घामजत्तिकै छर्लङ्ग भएको भन्दै त्यस्तो गतिविधि देख्दा–देख्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पद जोगाउनकै लागि देश बिखन्डनको अभिव्यक्ति दिने महतोलाइ मन्त्री पदमा नियुक्त गर्नु अत्यन्त लज्जास्पद र खेदजनक भएको दाबी गरिएको छ ।

राष्ट्र विखण्डनको अभिव्यक्ति दिने महतोलाई तत्काल मन्त्री पदबाट बर्खास्त गरी राज्यद्रोहको मुद्दामा जेल चलान गर्न समेत मकवानपुर जागरण अभियान नेपालले जोडदार माग गरेको छ ।

महतोलाई पदबाट नहटाएमा सम्पुर्ण रास्ट्रवादी शक्ति र देशभक्त शक्तिहरु मिलेर कोरोना महामारीको बिचमा पनि आन्दोलनमा होमिन बाध्य हुने चेतावनी दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*