लोकसेवा आयोग हेटौंडाद्वारा पाँचौ तहको पहिलो चरणको परिक्षाको नजिता प्रकासन

जेठ २४, हेटौंडा । प्रदेश लोक सेवा आयोग, बागमती प्रदेश हेटौंडाद्वारा पाँचौ तहको पहिलो चरणको परिक्षाको नजिता प्रकासन गरिएको छ ।

प्रदेश स्तर र स्थानीय तहका पाँचौ तहका कर्मचारीका लागि माग गरिएको नतिजा प्रकासन गरिएको हो ।पहिलो चरणको परिक्षामा ३ हजार २ सय ४१ जना उत्रीर्ण भएको प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेश मान श्रेष्ठले जानकारी दिनुभयो ।

पाँचौ तहको परिक्षामा प्रशासन सेवा, सामान्य प्रशासन, लेखा समुहका लागि ५ हजार ९ सय १८ जनाले परिक्षा दिएको दिएकोमा ३ हजार जना भन्दा धेरैले पहिलो चरणको परिक्षा उत्रिण गरेको उहाँले वताउनुभयो ।

अर्को लिखित परिक्षा भने कहिले हुने भन्ने अहिले सम्म टुङ्गो लागिसकेको छैन । कोरोनाको संक्रमणका बारण सबैखालका परिक्षा स्थगित भएकाले परिक्षाको मिति तोक्न नसकिएको अध्यक्ष श्रेष्ठले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*