शेरबहादुर देउवालाई भेट्न प्रचण्ड बूढानीलकण्ठ पुगे

जेठ २४, काठमाडौं-  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका छन्।

कोटेश्वरमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर प्रचण्ड देउवालाई भेट्न पुगेका हुन्। देउवा निवासस्रोतका अनुसार अहिले दुई नेताबीच छलफल चलिरहेको छ।

कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले दुई नेताबीच भेटघाट हुनु सामान्य विषय भएको बताए। ुआउनेर जाने भइरहन्छ। यो सामान्य कुरा होु, सहमहान्त्री महतले भने।

फुटतर्फ अघि बढेको एमालेलाई एकताबद्ध पार्न भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार राति सार्वजनिक आह्वान गरेका थिए।

उनले एमालेका २३ जना सांसदले देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चमा दायर गरेको रिटबाट हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त समेत अघि सारेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*