मङ्गलबारदेखि बूढानीलकण्ठमा खोप लगाइने

काठमाडौं, जेठ २४ –  बूढानीलकण्ठ नगरपालिकाले कोभिड-१९ विरुद्धको चाइनिज भेरोसेल खोप यही जेठ २५ गते (भोलि मंगलबार) देखि उपलब्ध गराउने भएको छ।

साठीदेखि ६४ वर्ष उमेर समूहलाई तीन दिनसम्म बिहान ११ देखि अपराह्न ४ बजेसम्म पहिलो मात्राको खोप उपलब्ध गराइने छ।

नगरवासी र वरपरका बासिन्दालाई पनि सो खोप उपलब्ध गराइने प्रवक्ता तथा वडा १० का वडाध्यक्ष नवराज भट्टराईले जानकारी दिए।

ती खोप गणेश मावि वडा २, गणेशचोक र नेसनल आइडियल बोर्डिङ स्कूल, वडा ९ मण्डिखाटार र बालउद्धार मावि वडा १० कपनबेखबाट उपलब्ध गराइने जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*