आज मकवानपुरमा थप २ सय २४ जनाले जिते कोरोना
जेठ २४, हेटौंडा । मकवानपुरमा कोरोना जित्नेको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा होम आइसोलेसनबाट २ सय १६ जना र आइसोलेसनबाट १२ जना गरी थप २ सय २४ जनाले कोरोना जितेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
यो संगै जिल्लामा हालसम्म कोरोना जित्नेको संख्या ७ हजार ४ सय ९ पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यसैगरि जिल्लामा पछिल्लो २४ घण्टामा थप ९२ जनामा कोरोना पुष्टि भएको छ । १ सय १० जनाको पिसिआर परीक्षण गर्दा ५० जना र ३ सय २६ जनाको एन्टीजेन परीक्षण गर्दा थप ४२ जनामा गरी थप ९२ जनामा कोरोना पुष्टि भएको हो ।
यो संगै जिल्लामा हालसम्म पुष्टि हुनेको संख्या ९ हजार ४ सय २३ जना पुगेको छ । जिल्लामा हाल १ हजार ८ सय ९५ जना सक्रिय संक्रमित उपचारत रहेका छन् ।
























