६२ वर्ष देखि ६५ वर्ष उमेर समूहकालागि मकवानपुरमा आयो ६ हजार ५ सय डोज खोप

जेठ २५, हेटौंडा । मकवानपुरमा कोरोना भाइरस विरुद्धको ६ हजार ५ सय डोज खोप आएको छ ।

चीनबाट आएको कोरोना भाइरस विरुद्धको भेरोसेल खोप स्वास्थ्य मन्त्रालयबाट मकवानपुरको लागि ६ हजार ५ सय आएको स्वास्थ्य कार्यलय मकवानपुरका सूचना अधिकारी ठाकुर पौडेलले जानकारी दिए ।

उनले आजबाट जिल्ला भित्रका ६२ वर्ष देखि ६५ वर्षसम्म उमेर समूहका उक्त खोपको पहिलो डोज लगाउने कार्यक्रम तयारी रहेको बताए ।

उनले हरेक स्थानीय तह मार्फत स्थानीय स्तरमा खोप लगाउने तयारी भएको र आज जिल्लाको बागमती गाउँपालिकाले खोप लगाउने तयारी गरेको बताए ।

उनका अनुसार अन्य स्थानीय तहले भोलिबाट खोप लगाउने तयारी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*