आज पनि प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा सुनुवाइ नहुने

२५ जेठ, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा सुनुवाइको लागि गठित संवैधानिक इजलास मंगलबार पनि बस्न सकेन । न्यायाधीश विवादका कारण लामो समयदेखि प्रभावित हुँदै आएको इजलास पूर्व सूचना विना सोमबार पनि स्थगित गरिएको थियो ।

मंगलबार पनि संवैधानिक इजलास नबस्नुको कारण खुलेको छैन । सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अस्वस्थ भएकोले इजलास बस्न नसकेको अपुष्ट सूचना सार्वजनिक भएको थियो । संसद विघटन सम्बन्धी मुद्दा हेर्न आइतबार प्रधानन्यायाधीश जबराले आफ्नो नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेका छन् ।

इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराई छन् । तर यो इजलासबाट निष्पक्ष फैसला आउनेमा सरकारी पक्षले नै आशंका गर्दै आएको छ । सरकारको कानूनी सल्लाहकार रहने महान्यायाधिवक्ता रमेश बडालसहित सरकारी पक्षका वकिलहरुले इजलासबाट कार्की र भट्टराईलाई हटाउन माग गरेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*